शीर्षकहरू

संस्थापकले नकिनेपछि सूर्योदय वोमी लघुवित्तको शेयर सर्वसाधारणमा जारी

संस्थापकले नकिनेपछि सूर्योदय वोमी लघुवित्तको शेयर सर्वसाधारणमा जारी

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र बिक्री खुला गर्दा वितरण हुन नसकेपछि दोस्रो चरणमा सर्वसाधारणले खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

इच्छुक खरिदकर्ताहरूले आगामी ३५ दिनभित्र यी शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । यी शेयरको मूल्य विक्रेताले तोके बमोजिम ुहुने जानकारी कम्पनीले दिएको छ । 

इच्छुक खरीदकर्ताहरूले तोकिएको अवधिभित्र कम्पनीको केन्द्रिय कार्यालय महालक्ष्मीस्थान, ललितपुर वा शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।