शीर्षकहरू

सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सूर्योदय वोमी लघुवित्तले २० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाले शेयरधनी मनोज बस्नेतको नाममा रहेको २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । 

२० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा राखिएको हो । संस्थाले यसअघि संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको थियो । तोकिएको समयभित्र आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । कागजातसहित ३५ दिनभित्र संस्थाले तोकेका स्थानबाट खरिद गर्न सकिने आज जारी सूचनामा उल्लेख छ ।