शीर्षकहरू

कोशी ब्यारेजका सबै ढोका खोलिए

कोशी ब्यारेजका सबै ढोका खोलिए

धरान । सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ । पानीको बहाव अत्याधिक भएपछि कोशी ब्यारेजमा कोशी ब्यारेजका सबै ढोका खोलिएको हो । 

सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएका छन् । त्यहाँ जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।