शीर्षकहरू

बाढीले बबण्डर [तस्वीरहरू]

बाढीले बबण्डर [तस्वीरहरू]
तस्वीर : लेखराज सापकोटा

काठमाडौं । शुक्रबार रातिदेखि अविरल परिरहेको वर्षाका कारण देशका विभिन्न भूभागमा ठूलो जनधनको क्षति भएको छ । शनिबार रातिदेखि वर्षा पश्चिमतर्फ सर्दै गरेकाले त्यसतर्फ बाढी र पहिरोको उच्च जोखिम बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

शनिबार मात्रै बाढी पहिरोमा परेर ९ जनाको मृत्यु भएको छ, ७ जना बेपत्ता भएका छन् । देशभर विभिन्न ठाउँमा बस्तीमा बाढी पसेको छ । पहिरोले घरखेत बगाएको छ । पूर्वाधारमा क्षति पुगेको छ । यातायात प्रभावित भएको छ ।

देशका ठूला र साना नदीको बहाब बढिरहेको छ भने राजमार्गहरू अवरुद्ध भएका छन् ।

बाढीका कारण देशभर देखिएको क्षतिका केही तस्वीरहरू, जुन राससले संकलन गरेको हो ।