शीर्षकहरू

आज सबैभन्दा बढी पानी कहाँ कहाँ पर्यो ?

आज सबैभन्दा बढी पानी कहाँ कहाँ पर्यो ?

काठमाडौं । तीन दिनदेखि परेको पानीका कारण देशभरीको जनजीवन अस्तव्यस्त भएको छ । आज विहानैदेखि देशैभरी पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज विहानैदेखि परेको पानीमा सबैभन्दा धेरै नेपालगञ्जमा १४० मिलिलिटर रेकर्ड गरिएको पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै, दाङको घोराहीमा १२८ मिलिलिटर, पोखरामा ११५ मिलिलिटर, धनगढीमा ८६ मिलिलिटर, दिपायलमा ८४.३ मिलिलिटर डडेलधुरामा ८३.२ मिलिलिटर पानी परेको छ । त्यस्तै, सबैभन्दा कम पानी जुम्लामा परेको महाशाखाले जनाएको छ । जहा ६.१ मिलिलिटर पानी परेको छ । त्यस्तै, जनकपुरमा पनि १४मिलिलिटर पानी परेको महाशाखाले जनाएको छ । 

गएको २४ घण्टामा भने कर्णाली प्रदेशबाहेक पछिल्लो अन्य सबै क्षेत्रमा अहिले पनि वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यससँगै कयौं स्थानमा बाढी पहिरो आइरहेको छ । उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको रेन डाउन फल म्यापकाअनुसार पछिल्लो २४ घण्टामा पाल्पाको कुमालगाउँमा सबैभन्दा धेरै वर्षा भएको छ । हाँ पछिल्लो २४ घण्टामा ४०६ मिलिमिटर वर्षा भएको छ ।

यस्तै, पाल्पाकै जाल्पामा ३०१ मिलिमिटर, गैडाकोटमा २९७ मिलिमिटर, स्याङ्जामा २७८ मिलिमिटर, दाङको लमहीमा २६३ मिलिमिटर, सोही जिल्लाको रातामाटामा २६० मिलिमिटर, घोराहीमा २५१ मिलिमिटर र कास्कीमा २०९ मिलिमिटर वर्षा भएको छ ।

यता काठमाडौं उपत्यकामा भने सबैभन्दा धेरै वर्षा ललितपुरको लेलेमा भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा १७० मिलिमिटर पानी परेको छ ।