शीर्षकहरू

मधेस मुख्यमन्त्रीद्वारा छजना मन्त्री पदमुक्त

मधेस मुख्यमन्त्रीद्वारा छजना मन्त्री पदमुक्त

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले ६ जना मन्त्रीलाई पदमुक्त गरेका छन । मन्त्रीहरुसँग राजीनामा माग गरिएको तर उनीहरूले राजीनामा नदिएपछि उनीहरूलाई  बर्खास्त गरिएको मुख्यमन्त्री सिंहले बताए । मुख्यमन्त्री सिंहले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई बर्खास्त परेका हुन ।

हालै नेकपा एमाले–नेपाली कांग्रेसबीच सत्ता साझेदारी गर्नेसम्बन्धमा लिखित सहमति भएपछि मुख्यमन्त्री सिंहले ती मन्त्रीलाई पदमुक्त गरेका हुन ।  प्रदेशसभामा आज उहाँले विश्वासको मत लिने कार्यसूची छ ।