शीर्षकहरू

आजको विदेशी मुद्राको विनियमदर : युरो महगो हुँदै

आजको विदेशी मुद्राको विनियमदर : युरो महगो हुँदै

 काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारको विनिमयदर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ २८ पैसा र बिक्रीदर १३३ रूपैयाँ ८८ पैसा पुगेको छ । 

युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ २४ पैसा र बिक्रीमा १४४ रूपैयाँ ८८ पैसा छ । युरोपियन युरो एकको खरिदमा १४३ रूपैयाँ ९२ पैसा र बिक्रीमा १४४ रूपैयाँ ५७ पैसा थियो । आज पाउण्ड स्टर्लिंग एकको खरिददर १७० रुपैयाँ ४४ पैसा रहेको छ भने विक्रीदर १७१ रुपैयाँ २१ पैसा रहेको छ । 

त्यस्तै,कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७१ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रुपैयाँ २९ पैसा र बिक्रीमा ८ रूपैयाँ ३२ पैसा रहेको छ । 

राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ २३ पैसा र बिक्रीदर २८ रूपैयाँ ३६ पैसा पाइन्छ । 

कुवेती दिनार एकको खरिददर ४३५ रूपैयाँ ४१ पैसा र बिक्रीदर ४३७ रूपैयाँ ३७ पैसा तोकिएको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ५५ पैसा र बिक्रीदर ३५५ रूपैयाँ १४ पैसा तोकिएको छ ।