शीर्षकहरू

उपत्यकामा भारी वर्षासँगै खोलामा बाढी

उपत्यकामा भारी वर्षासँगै खोलामा बाढी

काठमाडौं । काठमाडौँ उपत्यकामा भारी वर्षासँगै खोलामा बाढी आएको छ । उपत्यकाको नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले उच्च सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखालेले  अनुरोध छ ।

उपत्यकाका ललितपुर, भक्तपुर र काठमाडौंका विभिन्न नदीमा जलसतह सामान्यभन्दा माथि आएको छ । ललितपुर जिल्लास्थित खोड्कु खोला झरुवारासी जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको छ ।

जलसतह बढ्दो क्रममा रहेको तथा नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन भन्दै महाशाखाले एसएमएस अलर्ट नै जारी गरेको हो । यता विष्णुमती, बागमती, मनहरा, धोवीखोलामा पनि पानीको सतह सामान्यभन्दा माथि आएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।