शीर्षकहरू

बजाजले  सीएनजी र पेट्रोल दुबैमा चल्ने बाइक बनायो

बजाजले  सीएनजी र पेट्रोल दुबैमा चल्ने बाइक बनायो

एजेन्सी ।   बजाज अटोले कम्प्रेस्ड नेचुरल ग्यास (सीएनजी)मा चल्ने विश्वको पहिलो मोटरसाइकल बनाएको छ । बजाज फ्रिडम १२५’ नाम दिएको उक्त मोटर साइकल सार्वजनिक गरेको छ । यो बाइक सीएनजी र पेट्रोल दुवैमा चल्नेछ । राइडरले कुन इन्धनमा दौडन चाहन्छ ।  त्यसको आधारमा एउटा बटन थिचेर सीएनजी र पेट्रोलको बीचमा स्विच गर्न सकिन्छ।

यो बाइकको सुरुवाती मूल्य ९५ हजार रुपैयाँ भारु तोकिएको छ । यसमा २ लिटरको पेट्रोल ट्याङ्की र २ किलोको सीएनजी ट्याङ्की छ । दुवै इन्धन मिलाएर बाइकले ३३० किलोमिटरसम्म चल्ने कम्पनीको दाबी छ । मोटरसाइकलको ११ भन्दा बढी सुरक्षा परिक्षण गरिएको छ । १० टन बोकेको ट्रक मुनि आएपछि पनि ट्याङ्की विस्फोट भएन ।