शीर्षकहरू

सुन गाल्ने मेसिनसहित ललितपुरबाट पाँच जना पक्राउ

सुन गाल्ने मेसिनसहित ललितपुरबाट पाँच जना पक्राउ

काठमाडौं । सुन गाल्ने मेसिनसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । ललितपुर प्रहरीले सुन, सुन गाल्ने मेसिन र नगद ५० लाखसहित पाँच जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा भारतीय नागरिक युवराज विभुते, विक्रम यलवर, अभिषेख विभुते रेका छन् । त्यस्तै, भक्तपुरको सूर्यविनायक नगरपालिका–१ बिरुवाका सिद्धान्त चौलागाईं र महालक्ष्मी नगरपालिका–८ का यसवन्त सुनार पनि पक्राउ परेका छन् ।

निर्माणाधीन घरमा शंकास्पद कारोबार भइरहेको भन्ने सूचना प्रहरीकोमा पुगेको थियो । सो पश्चात प्रहरी वृत्त सातदोबाटोको टोलीले शुक्रबार भारतीय नागरिकको फ्ल्याटमा छापा मारेको थियो । पक्राउ परेकाहरुको साथबाट १६९ ग्राम ९७० मिलिग्राम सुन, २४७ ग्राम २५० मिलिग्राम चाँदी, ५० लाख ४ हजार ७३० नगद, र सुन पगाल्ने मेसिन बरामद गरिएको प्रहरीले जनाएको छ ।