शीर्षकहरू

हरेक टियागो इभि बुकिङमा सियोर सट गिफ्टसंगै मनसुन मेला सुरु

हरेक टियागो इभि बुकिङमा सियोर सट गिफ्टसंगै मनसुन मेला सुरु

काठमाडौं । नेपालका लागी टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडीङ्ग प्रालिले टियागो इभि मनसुन एक्सचेन्ज मेला आयोजना गर्न लागेको छ । मनसुन एक्सचेन्ज मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरूसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो इभीसंग साट्न सकिनेछ । 

ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारी प्रतिको रुची तथा चाहनाहरूलाई मध्यनजर गर्दै टाटा मोटर्सको शोरुम थापाथली लगायत देशैभरी रहेका शोरुमहरुमा आज असार २१ गतेदेखि २३ गतेसम्म एक्सचेञ्ज कार्यक्रम आयोजना गर्न लागिएको हो । 

यस मेलामा सहभागी भएर ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क अटोप्लस इन्स्योरेन्स, निःशुल्क २ आर्थिक वर्षको सवारी कर, एक्सेसरिज र ३ वर्षको निःशुल्क सर्भिसिङ्घ सुविधाहरूको फाइदा लिन सक्नु हुनेछ । साथै टेस्ट ड्राइभ र बुकिङमा स्योर सट गिफ्टहरू पनि पाउन सक्नेछन् । उल्लेखित अफरहरू मनसुन एक्सचेन्ज मेलाको ३ दिनका लागि मात्र लागु हुनेछ ।

ग्राहकहरूको व्यस्त समयलाई ध्यानमा राख्दै टियागो इभि मनसुन एक्सचेन्ज मेला बिहान ९ बजे देखि राती ९ बजे सम्म टाटा मोटर्सको नेपालभरिको शोरुमहरुमा हुन लागेको छ ।