शीर्षकहरू

सिटिजन्स बैंकको नयाँ शाखा स्याङ्जाको वालिङमा सञ्चालन

सिटिजन्स बैंकको नयाँ शाखा स्याङ्जाको वालिङमा सञ्चालन

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो १९४औं शाखा स्याङ्जाको वालिङमा संचालन गरेको हो । 

नयाँ शाखा विस्तारसंगै गण्डकी प्रदेशमा यस बैंकको शाखाहरु १५ पुगेका छन् । वालिङमा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत  गणेश राज पोखरेलज्यूले नयाँ शाखाको शुभारम्भ गरे ।

यस शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिंङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने बैंक्को लक्ष्य रहेको छ । 

नयाँ शाखा संचालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पाेरेट मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरु पहिलो वर्ष निशुुल्क प्राप्त गर्न सकिनेछ । डिम्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ । साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५ प्रतिशत र पहिलो वर्ष लकर शुुल्कमा ५० प्रतिशत छुट उपलब्ध रहेको छ ।