शीर्षकहरू

भारतीय मूलका ऋषि सुनकको पार्टीले चुनाव हार्यो, लेबर पार्टीलाई बहुमत

भारतीय मूलका ऋषि सुनकको पार्टीले चुनाव हार्यो, लेबर पार्टीलाई बहुमत

एजेन्सी । बेलायतको आमनिर्वाचनमा लेबर पार्टीले जित दर्ता गरेको छ । ६५० मध्ये ४८८ सिटको नतिजामा लेबर पार्टीले ३ सय ४१ सिट प्राप्त गरेको छ । सरकार बनाउन संसदमा ३ सय २६ सिट आवश्यक हुन्छ । जबकि भारतीय मूलका ऋषि सुनकको कन्जरभेटिभ पार्टीले अहिलेसम्म ७२ सिट मात्र ल्याएको छ ।

 बेलायतमा जुलाई ४ मा आम निर्वाचन भएको थियो । ४४ वर्षीय ऋषि सुनक बेलायतमा भारतीय मूलका पहिलो प्रधानमन्त्री हुन्। उनले अक्टोबर २०२२ मा पदभार ग्रहण गरे। जनवरी २०२५ मा यहाँ आम चुनाव हुने सम्भावना थियो। सुनकले ७ महिना अगाडि नै चुनाव गराए ।