शीर्षकहरू

मैलुङ खोला जलविद्युतको साढे २९ लाखभन्दा बढी कित्ता शेयरको लकइन एक महिनापछि सकिँदै

मैलुङ खोला जलविद्युतको साढे २९ लाखभन्दा बढी कित्ता शेयरको लकइन एक महिनापछि सकिँदै

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको २९ लाख ५९ हजार ८७० कित्ता शेयरको लकइन आगामी साउन २६ गतेपछि सकिँदै छ ।

संस्थापक तर्फको २५ लाख ७७ हजार कित्ता, आयोजना प्रभावित स्थानीयको ३ लाख ६८ हजार १४४ कित्ता र कर्मचारी तर्फको १४ हजार ७२६ कित्ता शेयरको लइकन आगामी साउन २६ गतेपछि सकिन लागेको हो ।

पछिल्लो समय शेयरको लइकन सकिनु एक महिना अघि सार्वजनिक रुपमा सूचना जारी गरेर जानकारी गराउनुपर्ने व्यवस्था बमोजिम शुक्रवार कम्पनीले सूचना जारी गरेको हो । यी शेयर कम्पनीले सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको मितिदेखि तीन वर्षसम्म लकइनमा रहने व्यवस्था बमोजिम लकइनमा रहेको हो ।

कम्पनीले सर्वसाधारणमा २०७८ साल साउन २६ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको थियो । आयोजना प्रभावित स्थानीयमा २०७४ साल जेठ १७ गतेदेखि ३१ गतेसम्म आईपीओ विक्री गरेको कम्पनीले त्यसको चार वर्षपछि २०७८ साल साउन १४ गतेदेखि १९ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । लकइन अवधि समाप्त भएपछि कम्पनीको शेयर कारोबार गर्न मिल्नेछ ।

कम्पनीको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।