शीर्षकहरू

पाँच वर्ष पुरानो लाभांश बुझिलिन कामना सेवा विकास बैंकको अनुरोध

पाँच वर्ष पुरानो लाभांश बुझिलिन कामना सेवा विकास बैंकको अनुरोध

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले पाँच वर्ष पुरानो लाभांश बुझिलिन सम्बन्धित शेयरधनीहरूलाई आग्रह गरेको छ ।

कम्पनीले २०७६ साल असार १४ गते सम्पन्न १२औं वार्षिक साधारण सभबाट पारित भएको आर्थिक वर्ष २०७४/७५ को नगद लाभांश बुझ्न बाँकी सदस्यहरूलाई आगामी एक महिनाभित्र बुझ्न आग्रह गरेको हो । कम्पनीले उक्त वर्ष १ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

पाँच वर्ष पुरानो नगद लाभांश कम्पनी ऐन , २०६३ बमोजिम स्थापना भएको लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने भएकाले समयमै बुझ्न कम्पनीले भनेका हो । सम्बन्धित शेयरधनीहरूले तोकिएको अवधिभित्र आफ्नो लाभांश बुझ्न कम्पनीको शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडको कार्यालय कमलादी, काठमाडौंमा सम्पर्क राख्नुपर्ने जानकारी कम्पनीले दिएको छ ।