शीर्षकहरू

सशस्त्र प्रहरीमा जागिर खुल्यो, ४८ कर्मचारी माग

सशस्त्र प्रहरीमा जागिर खुल्यो, ४८ कर्मचारी माग

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा जागिर खुलेको छ । शुक्रबार प्रधान कार्यालय स्वयम्भूले एक सूचना जारी गर्दै ४८ कर्मचारी माग गरेको छ ।

कार्यालयले कानुन, लेखा, प्राविधिक (लेखा/अटोमोबाइल, कम्प्युटर इन्जिनियर, इलेक्ट्रोनिक्स र टेलिकम्युनिकेसन,सिभिल) पदका लागि कर्मचारी माग गरेको हो । कानुनतर्फ ८, लेखातर्फ २९,  सिभितर्फ २ र अन्य प्राविधिकतर्फ ३/३ कर्मचारीका लागि सशस्त्रले भर्ना खुलाएको हो ।

साउन २१ गतेसम्म सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हलचोक, स्वयम्भुमा दरखास्त बुझाउनुपर्नेछ । दोब्बर दस्तुर बुझाइ असार २७ गतेसम्म भर्नाका लागि दरखास्त बुझाउन सकिने सशस्त्रले जनाएको छ ।

सूचना