शीर्षकहरू

युरो र पाउन्डको भाउ बढ्दा घट्यो अमेरिकी डलरको मूल्य, अन्यको सटही दर कति?

युरो र पाउन्डको भाउ बढ्दा घट्यो अमेरिकी डलरको मूल्य, अन्यको सटही दर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलरको भाउ घटेको छ । हिजो डलर एकको  खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा रहेकोमा आज खरिददर १३३ रुपैयाँ ३० पैसा र बिक्रीदर १३३ रुपैयाँ ९० पैसा निर्धारण भएको छ।  

अमेरिकी डलरको भाउ घटे पनि आज बेलायती पाउन्ड स्टर्लिङ, युरोपियन युरो, अस्ट्रेलियन डलर र दिनारसहितका मुद्राको भाउ भने बढेको छ ।

आज युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा रहेको छ। हिजो युरो एकको खरिदर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ११ पैसा रहेको थियो ।

यस्तै बेलायती पाउन्ड एकको खरिददर १६९ रुपैयाँ २ पैसा र बिक्रीदर १७० रुपैयाँ ७८ पैसा रहेको छ। हिजो पाउन्ड एकको खरिददर १६९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७० रुपैयाँ १० पैसा रहेको थियो। 

यस्तो छ आजका लागि अन्य मुद्राको सटही दर