शीर्षकहरू

अनुदानको औषधि बेचेर खाने वीर अस्पतालका कर्मचारी

अनुदानको औषधि बेचेर खाने वीर अस्पतालका कर्मचारी

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रष्ठिान वीर अस्पतालका कर्मचारीले वीर अस्पतालमा सरकारले पठाउने अनुदानको औषधि बेच्ने गरेको भन्दै राष्ट्रिय सकर्तकता केन्द्रमा उजुरी परेको छ । गत आइतबार परेको उजुरीमा सरकारले विर अस्पतालमा पठाउने गरेको औषधि बेन्ने काममा संलग्न कर्मचारीहरुको नाम समेत उल्लेख गरिएको छ ।

 सरकारले अनुदानमा पठाएको औषधिलाई बेचेर करोडौं रकम हिनामिना गरेको भन्दै केन्द्रमा उजुरी गरिएको छ । सतर्कता केन्द्रमा परेको उजुरीमा टिकाराम पनेरु, युवराज सुवेदी, बैकुण्ठ लुइटेल, नवराज धिताल, धर्मकान्त गुँरागाई र अग्निधर बस्न्यातको समेत नाम रहेको छ ।