शीर्षकहरू

डा. पौडेलले चलाएको फार्मेसीको विवरण माग्दै सतर्ककता केन्द्र मन्त्रालय पुग्यो

डा. पौडेलले चलाएको फार्मेसीको विवरण माग्दै सतर्ककता केन्द्र मन्त्रालय पुग्यो

काठमाडौं ।चिकित्सा विज्ञान राष्ट्रिय प्रष्ठिान वीर अस्पतालका निर्देशक डा पौडेल कर्मचारी भएर नियम विपरित औषधि पसल सञ्चालन गरेको विषय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेको छ । डा पौडेल  अल्का हस्पिटल फार्मेसीको शेयर सदस्य  र सञ्चालक तथा अध्यक्ष समेत रहेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेपछि डा. पौडेलको विवरण माग्दै(दर्ता नं १२/२८७१) स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निवेदन दर्ता भएको छ । 

डा. पौडेलले ललितपुरको पुलचोकमा रहेको अल्का अस्पतालमा फार्मेसी सञ्चालन गर्दै आएको प्रमाणसहित आर्थिकन्यूजले गत हप्ता मात्र समाचार प्रकाशन गरेको थियो । उनले सञ्चालन गरेको फारर्मेसीको  प्रालि  दर्ता न  २४८७८२/०७७/०७८  कम्पनी रजिस्ट्रार कार्यालय २०७९/९/१ गते रहेको छ । उक्त फार्मेसीका सञ्चालक र अध्यक्षको रुपमा  बुझाएको प्रमाणित कागजपत्रमा कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका  वडा न ३ का पुण्यप्रसाद पौडेलका छोरा सन्तोष पौडेल उल्लेख छ ।

उक्त फार्मेसीमा  नागरिकता  प्रमाणपत्र नम्बर १०६६२८ जिप्रका कास्की प्रयोग गरि अल्का हस्पिटल फार्मेसीमा शेयर संख्या कित्ता न ३७००१ देखि ७४००० सम्म जम्मा ३७००० कित्ता शेयर रहेको उनको नाममा रहेको छ ।