शीर्षकहरू

नेप्सेको उकालो यात्रा कायमै, दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि

नेप्सेको उकालो यात्रा कायमै, दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से १५.४६ अंकले बढेर दुई हजार एक सय दशमलब १९ दशमलब ६९ विन्दुमा बन्द भएको हो ।        

नेप्सेमा आज ६ अर्ब ४८ करोड २५ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १४८ वटाको बढेको छ भने ९३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।                 

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा आँखुखोला जलविद्युत लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.२३ प्रतिशतले बढेको छ ।  

आज मैलुङखोला जलविद्युत कम्पनी लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ९.३७ प्रतिशतले घटेको छ । सबैभन्दा बढि एनआरएन इन्फाइन्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको ३० करोड बराबरको कारोबार भएको छ ।