शीर्षकहरू

मणिपाललाई तत्काल कुनै कारबाही नगर्न सर्वोच्चको आदेश

मणिपाललाई तत्काल कुनै कारबाही नगर्न सर्वोच्चको आदेश

काठमाडौं । मणिपाल शिक्षण अस्पतालको नक्सा पाससम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । महालेखा परीक्षकको प्रतिवेदनमा अस्पतालको नक्सा पासको करिब २० करोड रुपैयाँ नतिरी नक्सा पास गर्न खोजे भन्दै पोखरा महानगरपालिकाले मणिपाललाई ताकेता गरेको थियो । उक्त रकम तिर्नुपर्ने नरहेको भन्दै मणिपाल सर्वोच्च अदालत पुगेको हो । 

सर्वोच्चले विपक्षीका नाममा रिटमाथि सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको छ । महालेखा परीक्षकको प्रतिवेदनमा १९ करोड ८१ लाख अस्पतालबाट लिनुपर्ने उल्लेख छ । त्यसपछि असार ७ गते महानगरपालिकाले अस्पताललाई पत्र लेखेर रकम भुक्तानी गर्न आग्रह गरेको थियो । महालेखापरिक्षकको कार्यालय र महानगरपालिकालाई विपक्ष बनाएर मणिपाल सर्वोच्च पुगेको थियो ।