शीर्षकहरू

बंगलादेशी पर्यटक बढाउन संघको प्रतिनिधिमण्डल बगलादेश प्रस्थान

बंगलादेशी पर्यटक बढाउन संघको प्रतिनिधिमण्डल बगलादेश प्रस्थान

काठमाडौं । बंगलादेशी पर्यटकहरुको नेपालप्रति बढ्दो आकर्षणलाई सम्बोधन गर्न सोमबार होटल संघ नेपालका अध्यक्ष विनायक शाहको नेतृत्वमा २१ सदस्यीय होटल व्यवसायीको टोली  बंगलादेश प्रस्थान गरेको छ । 

 टोलीलाई होटल संघ नेपालका महासचिव तथा प्रवक्ता साजन शाक्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विधाई गरे । उक्त कार्यक्रम होटल संघ नेपालले नेपाल पर्यटन बोर्ड र नेपाली दूतावास बंगलादेशसँगको सहकार्यमा जुलाई ४ देखि ७ सम्म आयोजना गर्न लागेको हो ।

 जुलाई ५ का लागि बंगलादेशको ढाकामा तय गरिएको कार्यक्रममा बंगलादेशका छुट्टाछुट्टै सहरका प्रतिष्ठित पर्यटन व्यवसायी, टूर अपरेटर तथा बंगलादेशी सरकारी विशिष्ट अधिकारी, बंगलादेशका लागि नेपाली राजदूत र पत्रकारहरुको उपस्थितिमा भव्य पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम तथा बीटुबी कार्यक्रम गरी विशेष रात्रिभोजको पनि आयोजना गरिएको संघले जनाएको छ । बंगलादेशमा आयोजना हुन लागेको यस कार्यक्रमले उक्त मुलुक र त्यस क्षेत्रबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा वृद्धि गर्न सकिने विश्वास संघले लिएको छ ।

 साथै उक्त अवसरमा होटल संघ नेपाल र बंगलादेश इन्टरनेसनल होटल एसोसिएसनसँग दुई देशबीच पर्यटन प्रवद्र्धन, तालिम तथा होटल क्षेत्रमा भएका अभ्यासहरुको आदान प्रदानका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको पनि संघले विज्ञप्तिमा उल्लेख छ ।

साथै उक्त अवसरमा टोलीले बंगलादेशका सरकारी प्रतिनिधि तथा पर्यटनसँग सम्वद्ध निकायहरुसँग भेटघाट गरी द्विपक्षीय पर्यटन अभिवृद्धि गर्न र बंगलादेशी पर्यटकको नेपाल आगमन बढाउन उक्त कार्यक्रम आयोजना गरिएको बताइएको छ ।