शीर्षकहरू

नेपाल बैंक र काठमाडौं महानगरपालिकाबीच सम्झौता

नेपाल बैंक र काठमाडौं महानगरपालिकाबीच सम्झौता

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक र काठमाडौं महानगरपालिकाबीच बैंकिंङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ । मंगलबारका दिन काठमाडौं महानगरपालिकाकोे कार्यालयमा आयोजित एक समारोहमा भएको उक्त सम्झौतामा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्ड्ये र काठमाडौं महानगरपालिकाका प्रमूख प्रशासकीय अधिकृत  प्रदिप परियारले हस्ताक्षर गरेका हुन । 

सो सम्झौता बमोजिम काठमाडौं महानगरपालिका अन्तर्गतका सामूदायिक विद्यालयहरुलाइ बैंकले विशेष छुटसहितको बैंकिंङ सेवा उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । त्यस्तै, सामूदायिक विद्यालयहरुमा कार्यरत सम्पुर्ण स्थायी, करार, आंशिक तथा ज्यालादारी/प्राविधिक शिक्षक/कर्मचारीहरूले नेपाल बैंकको सबै शाखाबाट छुट सहित आकर्षक बैंकिंङ सेवा सूविधा पाउने गरी तलबी बचत खाता खोल्न सक्ने सम्झौतामा उल्लेख  छ। साथै नियमानुसार बैंकले प्रदान गर्ने कर्जा तथा अन्य बैंकिंङ सुविधा पनि पाउने छन् ।