शीर्षकहरू

पोखराको बिरौटामा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालन

पोखराको बिरौटामा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालन

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो १९३औं शाखा कास्कीको पोखरा महानगरपालिका बिरौटामा सञ्चालन गरेको हो । 

बिरौटामा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले नयाँ शाखाको शुभारम्भ गरे । कार्यक्रमलाई संवोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्राहकहरूलाई उत्कृष्ट सेवा सुबिधा पुर्याउने क्रममा पोखरामा थप एक शाखा संचालनमा ल्याएर अझ उच्चस्तरीय ग्राहक सेवामा समर्पित रहने कुरा व्यक्त गरे । 

उक्त शाखाको उद्घघाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो । सुविधा सम्पन्न यो शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको बैंकले जनाएको छ ।