शीर्षकहरू

नेप्सेमा लिष्टिङ कम्पनी २६९ पुगे, जलविद्युत मात्रै ९१ वटा सूचिकृत

नेप्सेमा लिष्टिङ कम्पनी २६९ पुगे, जलविद्युत मात्रै ९१ वटा सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत कम्पनीको संख्या २६९ पुगेको छ । आर्थिक वर्ष २०८०/८१ को जेठ महिनासम्म नेप्सेमा १९ वटा बाणिज्य बैंक, १६ वटा विकास बैंक, २१ वटा उत्पादनमूलक उद्योग, ७ वटा होटल सूचिकृत भएको नेप्सेले जनाएको छ । 

त्यस्तै, जलविद्युत कम्पनीहरुको संख्या सबैभन्दा धेरै ९१ पुगेको छ । त्यस्तै, फाइनान्स कम्पनी २० वटा, लघुवित्त ५३ वटा, जीवन बीमा कम्पनी १२, निर्जीवन बीमा कम्पनी १२, इन्भेष्टमेन्ट कम्पनी ७ र अन्य ७ वटा कम्पनी नेप्सेमा सूचिकृत भएका छन् ।