शीर्षकहरू

डिम्याट खाता नवीकरण गर्न कुमारी क्यापिटल र माछापुच्छ्रे क्यापिटलको आग्रह

डिम्याट खाता नवीकरण गर्न कुमारी क्यापिटल र माछापुच्छ्रे क्यापिटलको आग्रह

काठमाडौं । कुमारी क्यापिटल लिमिटेड र माछापुच्छ्रे क्यापिटल लिमिटेडले हितग्राही खाता (डिम्याट एकाउन्ट) नवीकरणका लागि अनुरोध गरेका छन् । दुवै कम्पनीहरूले बिहीबार सूचना जारी गर्दै आगामी असार मसान्तभित्र हितग्राही खाता सञ्चालन वापतको वार्षिक १०० रूपैयाँ शुल्क बुझाउन आग्रह गरेका हुन ।  

कुमारी क्यापिटल लिमिटेड र कुमारी बैंक लिमिटेडका सम्पूर्ण शाखाबाट खोलिएका हितग्राही खाता वापत्को रकम बुझाउन कुमारी क्यापिटलले भनेको छ । त्यस्तै माछापुच्छ्रे क्यापिटलसँगै माछापुच्छ्रे बैंकबाट खोलिएका हितग्राही खाता वापतकाे रकम बुझाउन क्यापिटलले आग्रह गरेको छ । आगामी असार मसान्तभित्र सम्बन्धित कम्पनीबाट खोलिएका हितग्राही खाता नविकरण नगरे स्वतः खाता रोक्का हुन जानकारी कम्पनीहरूले दिएका छन् । 

धितोपत्र कारोबारका लागि अनिवार्य रहेको हितग्राही खाता बन्द हुँदा खातामा रहेको शेयर विक्री गर्दा राफसाफ तथा फछ्यौट नहुने साथै सार्वजनिक निष्कासनका शेयरमा समेत आवेदन दिन नपाउने भएकाले सोको जिम्मेवार हितग्राही खातावालानै हुनेपर्ने भनाई कम्पनीहरूको छ ।

मेरो शेयर खाता समेत सञ्चालनमा आएको एक वर्षभित्र नविकरण गराउनुपर्ने व्यवस्था रहेकाले सो समयमा नविकरण नगरेमा मेरो शेयर खाता समेत बन्द हुने जानकारी कम्पनीहरूले गराएका छन् ।