शीर्षकहरू

सोह्र सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सोह्र सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बिहीबार एकैदिन एक हजार ६०० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज ४२ हजार ३०० मा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि बढेको छ । हिजो प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएकोमा आज एक लाख ४३ हजार ७०० रुपैयाँ मूल्य पुगेको छ ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । हिजो  एक हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार ८६५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।