शीर्षकहरू

दुई कम्पनीको संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरूमा जारी

दुई कम्पनीको संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरूमा जारी

काठमाडौं । बिहीवार दुई कम्पनीहरूले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी संस्थापक शेयर बिक्रीमा ल्याएका छन् । कामना सेवा विकास बैंकले १ लाख ४ हजार ८८ कित्ता र नेशनल लघुवित्तको ३८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएका हुन् । 

यी शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । कामना सेवा विकास बैंकको शेयर खरिदका लागि कम्पनीको केन्द्रिय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा र नेशनल लघुवित्तको शेयर खरिदका लागि कम्पनीको केन्द्रिय कार्यालय काभ्रेपलाञ्चोकमा आवेदन दिनुपर्नेछ । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर बिक्री गरिने जानकारी कम्पनीले दिएको छ ।