शीर्षकहरू

राष्ट्रिय जीवन बीमा कम्पनीले बीमालेखमा ६० रूपैयाँ बोनस दिने

राष्ट्रिय जीवन बीमा कम्पनीले बीमालेखमा ६० रूपैयाँ बोनस दिने

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले सबै किसिमका बीमालेखमा प्रति वर्ष प्रतिहजार ६० रूपैयाँ बानेस दिने भएको छ । कम्पनीले आर्थिक वर्ष ०८१/८२ को लागि सबै बीमालेखमा उक्त बोनस दर कायम गरेको हो । 

आर्थिक वर्ष ०६७/६८ देखि आर्थिक वर्ष ०६९/७० सम्म कायम रहेको १ लाख ६२ हजार ७२१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदनको अधारमा कम्पनीले उक्त बोनस दर निर्धारण गरेको जानकारी दिएको छ । 

निर्धारित नयाँ बोनस दर नेपाल बीमा प्राधिकरणले समेत स्वीकृत गरिसकेको अवस्थामा आगामी दिनमा बीमाङ्कीय मूल्याङ्कनका आधारमा परिवर्तन हुने जानकारी समेत कम्पनीले दिएको छ ।