शीर्षकहरू

राजीनामा नदिई फर्किए रास्वपाका चार मन्त्री

राजीनामा नदिई फर्किए रास्वपाका चार मन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा नदिई बालुवाटारबाट फर्किएका छन् । 

बिहीबार बिहान राजीनामा पत्र बोकेर प्रधानमन्त्री निवास बालुवाटार पुगेका उनीहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि राजीनामा नदिई फर्किएका हुन् । 

बुधबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । सोहीअनुसार बालुवाटार पुगेकोमा प्रधानमन्त्रीसँगको छलफलपछि तत्काल राजीनामा नदिने पक्षमा पुगेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए ।

उनले भने, 'प्रधानमन्त्रीले आफूले संसदबाट विश्वासको मत लिने बताउँदै सहयोग गर्न आग्रह गरेपछि तत्काल राजीनामा नदिने निर्णय भयो ।'