शीर्षकहरू

आज यी जिल्लाहरूमा बाढीको जोखिम, साबधानी अपनाउन अनुरोध

आज यी जिल्लाहरूमा बाढीको जोखिम, साबधानी अपनाउन अनुरोध

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आंशिक देखि साधारणतया बदली रहेको छ।  कोशी,  बागमती,  लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

निरन्तरको वर्षाका कारण केही ठाउँमा बाढी आइरहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको मापनअनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी रापती, पश्चिम रापती, बबई र यसका सहायक नदीहरुको बहाव सतर्कता भन्दा तल रहेको र सामान्य बढ्ने अवस्थामा छ ।

आज दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, धादिङ, गोरखा, लमजङु, कास्की र आसपासका जिल्ला भई बहने अधिकांश स-साना नदीमा बहाब बढ्ने र केही स-साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको पूर्वानुमान गरिएको छ । साथै ईलाम, झापा, भोजपुर, पर्वत, जाजरकोट, दैलेख, बर्दिया, कैलाली, कालिकोट, अछाम, डोटी र आसपासका जिल्ला भई बहन स-साना नदीहरुमा बहाब बढ्ने पूर्वानुमान गरिएको छ ।

यी जिल्लामा बाढीको मध्यम र आकस्मिक जोखिम रहेकाले साबधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।