शीर्षकहरू

विदेशी मुद्रा साट्दै हुनुहुन्छ? यस्तो छ आजको विनिमयदर

विदेशी मुद्रा साट्दै हुनुहुन्छ? यस्तो छ आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राहरूको विनियमदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर, युरोपियन युरो, बेलायती पाउन्ड, बहराइन र कुवेती दिनार, अस्ट्रेलियन डलरसहित अधिकांश विदेशी मुद्राको भाउ घटेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा रहेको छ ।  

त्यस्तै युरो एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ११ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १६९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७० रुपैयाँ १० पैसा र अस्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ९६ पैसा रहेको छ भने बिक्रीदर ८९ रूपैयाँ ३६ पैसा रहेको छ । 

यसैगरी आज कुवेती दिनार एकको खरिददर ४३५ रुपैयाँ ०१ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ९६ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ३६ पैसा रहेको छ ।

जापानी येन १० को खरिददर ८ रूपैयाँ २४ पैसा र बिक्रीदर ८ रूपैयाँ २७ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ३४ पैसा तथा बिक्रीदर १८ रूपैयाँ ४२ पैसा रहेको छ ।

यस्तै कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७४ पैसा निर्धारण भएको छ ।