शीर्षकहरू

आज सरकार छाड्दै रास्वपा

आज सरकार छाड्दै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज सरकार छाड्ने तयारी गरेको छ । ज बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर रास्वपाका चार मन्त्रीले राजीनामा बुझाउने रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए ।

उनले भने, ‘दुई ठूला दल मिलेर सरकार बनाउने निर्णय गरिसकेको छ । एमालेले समर्थन फिर्ता लिइसकेपछि अब सरकारमा बस्नु नैतिक हिसाबले ठीक हुन्न । हाम्रा मन्त्रीहरूले आज राजीनामा दिनुहुन्छ ।’

नेकपा माओवादी नेतृत्वको सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगारमन्त्री, सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।

यसअघि बुधबार नै सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमालेबाट सरकारमा रहेका ८ मन्त्रीहरूले सामूहिक राजीनामा पत्र बुझाइसकेका छन् । एमालेपछि रास्वपाले पनि सरकार छाडेपछि प्रधानमन्त्री दाहाल थप दबाबमा पर्ने भएका छन् ।