शीर्षकहरू

एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले सामूहिक राजीनामा दिए

एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले सामूहिक राजीनामा दिए

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई दिएको समर्थन फिर्ता र एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले सामूहिक राजीनामा पत्र बुझाएका छन् । एमालेका ८ मन्त्रीले बुधवार नै राजीनामा बुझाएका छन ।

रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार, पदम गिरी कानून न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा र भगवती चौधरी महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री छन् । यस्तै राजेन्द्र राई खानेपानी, दामोदर भण्डारी उद्योग, ज्वालाकुमारी साह कृषि तथा सहकारी र बलराम अधिकारी भूमि व्यवस्थामन्त्री रहेका छन् ।