शीर्षकहरू

आइडियल यमुना सहकारीका अध्यक्ष उप्रेती पक्राउ

आइडियल यमुना सहकारीका अध्यक्ष उप्रेती पक्राउ

काठमाडौं । आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केबी उप्रेती पक्राउ परेका छन् । राष्ट्रिय सहकारी बैंकका अध्यक्षसमेत रहेका उप्रेतीलाई  प्रहरी वृत्त महाराजगञ्जले बुधबार पक्राउ गरेको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले उप्रेतीलाई बुधबार बालाजुबाट पक्राउ पुष्टि गरे । उनले भने, ‘उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ । सहकारी संस्थाको बचत रकम हिनामिना गरेको उनलाइ आरोप छ । प्रहरीमा सोबारे जाहेरी परेपछि पक्राउ गरिएको हो ।’  

प्रहरीका अनुसार उनलाई बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ गरिएको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

एमालेले उप्रेतीमाथि सहकारी ठगीको आरोप लागेपछि एमालेको सहकारी विभाग सचिवको जिम्मेवारीबाट हटाएको थियो ।