शीर्षकहरू

सैदी पावर कम्पनीले शेयर जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

सैदी पावर कम्पनीले शेयर जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौं । सैदी पावर कम्पनी लिमिटेडले साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति शेयर एक सय रुपैयाँ अंकित दरको एक लाख ७० हजार ४९ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू तथा सर्वसाधारणहरूमा निष्कासन गर्ने भएको हो । 

कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ । उक्त सम्झौता पत्रमा सैदी पावर कम्पनी लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष कुशल थापा तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

सैदी पावर कम्पनी लिमिटेडले कास्की जिल्लामा अवस्थित सैती खोलाको पानी सदुपयोग गरी ९९९ किलोवाट क्षमताको लघु जलविद्युत आयोजना निर्माण गरी २०७९ साल बाट व्यावसायिक विद्युत् उत्पादन गरी आयोजना सञ्चालनमा रहेको छ । यस आयोजनाबाट उत्पादित विद्युत् शक्ति हेम्जा बास्कोट सवस्टेशनमा जडान गरी बिक्री कार्य भइरहेको छ ।