शीर्षकहरू

नयाँबजार सडकमा परेको खाल्डोको यसरी हुँदैछ मर्मत (फोटोफिचर)

नयाँबजार सडकमा परेको खाल्डोको यसरी हुँदैछ मर्मत (फोटोफिचर)

काठमाडौं ।काठमाडौं महानगरपालिका १६ नयाँ बजारको सडक खण्डमा खाल्डो परेको छ । सोह्रखुट्टे–बालाजुको बीच सडक खण्डमा करिब ११ फिट गहिरो खाल्डो परेको हो । 

उक्त खाल्डोमा मोटरसाइकल चालकसहित अर्का एक व्यक्ति पनि खसेका थिए । तत्कालै उनीहरूलाई सकुशल उद्धार गरिएको थियो । मोटरसाइकल भने केही घण्टापछि मात्रै बाहिर निकालिएको थियो ।

सडकमा खाल्डो परेपछि एक लेनमा मात्रै सवारी साधन चलाउन दिइएको छ । खाल्डोलाई घेरा हालेर मर्मत गर्ने तयारी भइरहेको छ ।