शीर्षकहरू

२३ निर्माण कम्पनीको लाइसेन्स खारेज

२३ निर्माण कम्पनीको लाइसेन्स खारेज

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागले २३ निर्माण कम्पनीको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ । मन्त्रालयअन्तर्गत निर्माण व्यवसाय प्रवर्द्धन शाखाले बुधबार एक सूचना जारी गर्दै ती निर्माण कम्पनीहरूको लाइसेन्स खारेज भएको जानकारी दिएको हो ।

सार्वजनिक निर्माण कार्य गर्ने प्रयोजनका लागि मन्त्रालयबाट इजाजतपत्र लिएका व्यवसायीहरुले निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५ को उपदफा ३ बमोजिम  आर्थिक वर्ष २०८०/८१ का लागि २०८० चैत्र मसान्तसम्म लाइसेन्स नवीकरण नगरेकाले उनीहरूको लाइसेन्स स्वतः खारेज भएको सूचनामा उल्लेख छ ।

मन्त्रालयका अनुसार निम्न कम्पनीको लाइसेन्स खारेज भएको छ

  • फ्यूचर स्टार कन्स्ट्रक्सन प्रालि, ललितपुर
  • हिमालयन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट, ललितपुर
  • भूमि इन्फ्रास्ट्रक्चर प्रालि, विराटनगर 
  • मदन कन्स्ट्रक्सन, धनकुटा
  • असन बालकुमारी कन्स्ट्रक्सन प्रालि, काठमाडौं
  • ढोरफिर्दी निर्माण सेवा, तनहुँ
  • दि राईजिन कन्स्ट्रक्सन प्रालि, पोखरा
  • सिरोहिया कन्स्ट्रक्सन, धनुषा
  • त्रिशुल निर्माण सेवा, झापा
  • श्रीजङगा निर्माण सेवा, पाँचथर
  • घण्टेश्वर निर्माण सेवा, डडेल्धुरा
  • नौला मालिका निर्माण सेवा प्रालि, जाजरकोट
  • ठोसे केआर निर्माण सेवा प्रालि, डोटी
  • एभ्रिथिङ्ग सोलुसन कन्स्ट्रक्सन प्रालि, झापा
  • रुपाली कन्स्ट्रक्सन,अछाम
  • रुद्र कुमार कक्षपती निर्माण सेवा, प्युठान
  • मरिण ठाकुर निर्माण सेवा कम्पनी, सिन्धुली
  • विकन कम्पनी, काठमाडौँ
  • आर कोमल कन्स्ट्रक्सन प्रालि, भक्तपुर 
  • मन कन्स्ट्रक्सन कम्पनी, बर्दिया
  • राधाकृष्ण निर्माण सेवा, संखुवासभा 
  • पवित्र मल्टिपल कन्स्ट्रक्सन प्रालि, काठमाडौं
  • फ्लोरिडा कन्स्ट्रक्सन एण्ड सप्लायर्स, बाजुर