शीर्षकहरू

अमेरिकी डलर र पाउन्डको मूल्य बढ्यो, युरोको घट्यो

अमेरिकी डलर र पाउन्डको मूल्य बढ्यो, युरोको घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

आज अमेरिकी डलर र बेलायती पाउन्ड स्टर्लिङसहित अन्य मुद्राको भाउ बढ्दा युरोपियन युरोको मूल्य भने घटेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ । मंगलबार अमेरिकी डलर १३३ रुपैयाँ २१ पैसामा खरिद र  १३३ रुपैयाँ ८१ पैसामा बिक्री भएको थियो ।

यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको आज खरिददर १६८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३४ पैसा रहेको छ। हिजो पाउन्ड एकको खरिददर १६८ रुपैयाँ ८० पैसा र बिक्रीदर १६९ रुपैयाँ ५६ पैसा थियो ।

आज  युरोपियन युरोको भाउ भने घटेको छ । मंगलबार एक युरोको खरिददर १४३ रुपैयाँ १७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८२ पैसा रहेकोमा आज खरिददर १४२ रुपैयाँ ९० पैसा र बिक्रीदर १४३ रुपैयाँ ५४ पैसा निर्धारण भएको छ ।