शीर्षकहरू

नुनको मूल्य बढ्यो, अनुमगन नभए ग्राहकलाई पहिलेजस्तै अतिरिक्त भार पर्ने

नुनको मूल्य बढ्यो, अनुमगन नभए ग्राहकलाई पहिलेजस्तै अतिरिक्त भार पर्ने

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको मूल्य बढाएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी साल्ट ट्रेडिङले आयोनुनको मूल्य २३ रुपैयाँबाट वृद्धि गरेर २६ रुपैयाँ पुर्‍याएको छ ।

यसैगरी न्यु शक्ति नुन किलोमा १७ रुपैयाँबाट २० रुपैयाँ र भानु नुन एक किलोमा नौ रुपैयाँ मूल्य कायम भएको छ ।

अनुगमनको अभावमा व्यापारीहरूले नुन २३ रुपैयाँ हुँदा नै ग्राहकबाट २५ रुपैयाँ लिने गरेका थिए । मूल्यवृद्धि भएसँगै बजार अनुगमन नहुने हो भने पहिलेजस्तै अतिरिक्त भार ग्राहकमा पर्ने देखिएको छ ।