शीर्षकहरू

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका थापालाई पुर्पक्षका थुनामा पठाउन आदेश

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका थापालाई पुर्पक्षका थुनामा पठाउन आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश सकुन्तला कार्कीको इजलासले आज सो प्रकरणमा थापाको पनि संलग्नता देखिएको उल्लेख गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । 

अदालतको आदेशसँगै थापालाई केन्द्रीय कारागार चलान गरिएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी धन्दामा संलग्नताको आरोपमा थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।