शीर्षकहरू

साल्ट ट्रेडिङले खाने नुनको मूल्य बढायो

साल्ट ट्रेडिङले खाने नुनको मूल्य बढायो

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाने नुनको मूल्य बढाएको छ । साल्ट ट्रेडिङको सञ्चालक समितिको मंगलबार बसेको बैठकले नुनको मूल्य ३ रुपैयाँले बढाएको साल्ट ट्रेडिङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

साल्ट ट्रेडिङ कर्पोरेशनका नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले जारी गरेको विज्ञप्ति अनुसार नुनको मूल्‍य मंगलबार राति १२ बजेदेखि लागू हुनेछ ।

नयाँ मूल्‍यसुची अनुसार अब प्रतिकिलो २३ रुपैयाँ पर्ने आयो नुनलाई अब उपभोक्ताले २६ रुपैयाँ तिर्नुपर्नेछ । न्यू शक्ति नुनलाई उपभोक्ताले प्रतिकिलो २० रुपैयाँमा किन्नुपर्नेछ । यसअघि न्यु शक्ति नुनको उपभोक्ता मूल्य १७ रुपैयाँ थियो ।