शीर्षकहरू

नेप्समा ४७.०४ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

नेप्समा ४७.०४ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार उच्च अंकले बढेर बन्द भएको छ । आज नेप्से ४७.०४ अंकले बढेर दुई हजार एक सय दशमलब ४३ विन्दुमा बन्द भएको हो । नेप्सेमा कारोबार सुरु भएको सुरुवाती समयमा दुई पटकसम्म सर्किट ब्रेक लागेको थियो ।                                                                                                           
नेप्सेमा आज ४ अर्ब ५७ करोड ६८ लाख ३१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये २२७ वटाको बढेको छ भने १७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।                 

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा हिमालया डिष्ट्रिलरी लिमिटेड समाज लघुवित्त वित्तीय संस्था रहेका छन् । यी कम्पनीको शेयरमूल्य क्रमशः ८.५४ र ६.९६ प्रतिशतले बढेको छ ।    

आज उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ५.४६ प्रतिशतले घटेको छ । सबैभन्दा बढि एनआरएन इन्फास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको १२ करोड ३३ लाख बराबरको कारोबार भएको छ ।