शीर्षकहरू

सेबोन अध्यक्ष नियुक्ति प्रकृया नरोक्न सर्वोच्चको अल्पकालीन आदेश

सेबोन अध्यक्ष नियुक्ति प्रकृया नरोक्न सर्वोच्चको अल्पकालीन आदेश

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने छनौट समितिको  निर्णय अहिले नै लागु नहुने भएको छ । सर्वोच्च अदालतले मंगलबार सो निर्णय लागु नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

यसअघी अध्यक्षका लागि सर्टलिस्टमा परेका ५ जनामध्ये ३ जना अन्तर्वार्तामा अनुपस्थित भएर छनौट प्रक्रियामा समस्या भएपछि सिफारिस समितिले प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो । समितिको सो निर्णयमाथि चित्त नबुझाई अन्तिम ५ जनामा पर्न सफल र अन्तर्वार्तामा समेत सहभागी भएका सन्तोषनारायण श्रेष्ठले अदालतको ढोका ढकढकाएका  थिए ।  

उनले गरेको सिफारिस समितिको निर्णय खारेजीको माग माथि प्रारम्भिक सुनुवाइ गर्दै  सर्वोच्च अदालतले निर्णय लागु नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

सम्बद्ध स्रोतका अनुसार श्रेष्ठले प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका लागि गठित सिफारिस समिति लगायतलाई विपक्षी बनाइ रिट दायर गरेका थिए । सो माथि सुनुवाइ गर्दै  मंगलबार सर्वोच्च अदालतका  न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले यस्तो आदेश दिएको हो ।