शीर्षकहरू

राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री

राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शीतल निवास पुगेका छन् ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मा‌ओवादी पदाधिकारी बैठकले सरकार नछाड्ने र प्रतिनिधिसभाबाट विश्वासको मत लिने निर्णय गरेको छ ।

उक्त निर्णयबारे जानकारी दिन प्रधानमन्त्री दाहाल शीतल निवास पुगेका हुन् । राष्ट्रपतिसँग वर्तमान राजनीतिक गतिविधिका विषयमा प्रधानमन्त्रीले कुरा गर्ने बताइएको छ ।