शीर्षकहरू

अवैध लागूऔषधसहित तीन जना पक्राउ

अवैध लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं । अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । कपिलवस्तुको बाणगंगा नगरपालिका ८ लौगाईस्थित बोड्गाउँ डिजि फेन्सीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय नबिन बेलबासेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै, झापाको मेचिनगर नगरपालिका ६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्रामसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विर्तामोड नगरपालिका ७ बस्ने ३३ वर्षीय सुरज लामा र विर्तामोड नगरपालिका ५ बस्ने २२ वर्षीय बिजय मगर रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को २५ प २४४५ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।