शीर्षकहरू

नेप्सेमा लगातार दोस्रो सर्किट ब्रेक, कारोबार बन्द

नेप्सेमा लगातार दोस्रो सर्किट ब्रेक, कारोबार बन्द

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबारको कारोबार सुरुवातदेखि नै उछाल आइरहेको छ । कारोबार सुरु भएको एक् मिनेटमै सकारात्मक सर्किट ब्रेक लागेको नेप्सेमा पुनः दोस्रो सर्किट लागेको हो । 

नेपाली कांग्रेस र एमालेको नयाँ सरकार बन्ने सहमति भएको छ ।  गएराति दुई दलबीच संविधान संशोधनलगायत  कार्यसूची (एजेण्डा)सहित सहमतिको नयाँ सरकार बनाउन सहमति भएको हो । नयाँ सरकारमा विष्णु पौडेल अर्थमन्त्री बन्ने चर्चाका कारण नेप्सेमा उछाल आएको देखिन्छ ।  

आजको कारोबारको ११ बजेर १ मिनेटमा ४.०१ प्रतिशतले बढेर पहिलो सर्किट लागेको नेप्सेमा पुनः ११ बजेर २१ मिनेटमा दोस्रो सर्किट ब्रेक लागेको छ । 

हालसम्मको कारोबारमा नेप्से १०२.६८ अंकले बढेर २ हजार एक सय ५६ विन्दुमा पुगेको छ । त्यस्तै, यस अवधिमा १४ करोड रुपैयाँभन्दा बढिको कारोबार भएको छ ।  २३२ वटा कम्पनीको शेयर बढ्दा घट्नको संख्या शुन्य रहेको छ ।