शीर्षकहरू

सेन्ट्रल फाईनान्सको संस्थापक शेयर बिक्रीमा

सेन्ट्रल फाईनान्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडले २ लाख ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो । 

बेनुका जोशीको नाममा रहेको यी शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्न सक्नेछन् । आवेदन कम्पनीको केन्द्रिय कार्यालय कुपण्डोल, काठमाडौं वा शेयर रजिष्ट्रार एनएमबि क्यापिटल मार्केट्स लिमिटेडको कार्यालय बालुवाटार, काठमाडौंमा पेश गर्नुपर्नेछ । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर बिक्री गरिने जानकारी कम्पनीले दिएको छ ।