शीर्षकहरू

कामना सेवा विकास बैंकले ३५ करोड बराबरको अग्राधिकार शेयर जारी गर्ने

कामना सेवा विकास बैंकले ३५ करोड बराबरको अग्राधिकार शेयर जारी गर्ने

काठमाडौं । कामना विकास बैंक लिमिटेडले ३५ करोड रूपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने भएको छ । असार १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । 

बैठकले आर्थिक वर्ष ०८०/८१ को आगामी वार्षिक साधारण सभा तथा नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएमा १०० रूपैयाँ दरका ३५ लाख इकाई अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने निर्णय गरेको छ । 

९ प्रतिशत लाभांश दर कायम गरी मुनाफा भएको वर्ष मात्र मुनाफा वितरण हुने गरी कुनै पनि सुरक्षण नराखी व्यक्तिगत तवरबाट संस्थागत लगानीकर्ताहरूका लागि मात्र यो अग्राधिकार शेयर जारी गर्ने जानकारी कम्पनीले नेपाल स्टक मार्फत जानकारी दिएको छ ।