शीर्षकहरू

सबैजसो प्रमुख दल आन्तरिक छलफलमा, बोलाए आकस्मिक बैठक

सबैजसो प्रमुख दल आन्तरिक छलफलमा, बोलाए आकस्मिक बैठक

काठमाडौँ । एमाले र काँग्रेस बीच नयाँ सत्ता गठबन्धनको सम्झौता भएपछि मुलुकका सबै जसो निर्णायक राजनीतिक दलहरू नयाँ परिस्थितिबारे आन्तरिक छलफलमा जुटेका छन् । सबैजसो दलले सचिवालय र पदाधिकारी बैठक बोलाएका छन् ।

पछिल्लो घटनाक्रमको सर्वाधिक ठुलो निर्णायक दल एमालेले दिउँसो तीन बजेका लागी सचिवालय बैठक बोलाएको छ । उता प्रधानमन्त्री पुष्पकमल दाहालको पार्टी नेकपा माओवादी केन्द्रले अहिले बिहानै ९ बजेको लागी पदाधिकारी बैठक बोलाएको छ ।

माओवादी सम्बद्ध स्रोतका अनुसार सो बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । सत्तारुढ अर्को प्रमुख दल राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालयको बैठक समेत अहिले बिहानै सो पार्टीको संसदीय दलको कार्यालयमा बसिरहेको छ ।

नयाँ समीकरण पछि फेरी सत्तारोहणको तयारीमा रहेको नेपाली काँग्रेसको पदाधिकारी बैठक पनि देउवा निवास बुढानीलकण्ठमा बसिरहेको छ ।